रुघाखोकी र कोरोना भाइरसको लक्षणमा फरक

 चैत ५, २०७६ बुधबार ८:४४:२५ | विना न्याैपाने
unn.prixa.net

मौसम परिवर्तनसँगै अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु  र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ । 

मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ? 

मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्छ । तर कोरोनाको सङ्क्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ । 

मौसमी फ्लु हुँदा दुई/चार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ । 

फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चार/पाँच दिनको फरकमा सर्छ ।  

कोरोना भएमा कस्ताे लक्षण देखिन्छ ?  

– रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने
– निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने
– श्वास लिँदा धेरै बल लगाउनुपर्ने
– छातीमा गाह्रो हुने   

कस्तो अवस्थामा अस्पताल जाने ? 

– सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन  
– ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा  
– ज्वरो निरन्तर आएमा
– श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा
– ज्यान धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा  
– मधुमेह, मिर्गाैला राेगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने   

प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? 

– फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने 
– मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने
– सकभर स्वस्थ्य रहने  
– प्रशस्त मात्रामा उमालेको पानी पिउने 
– धेरै मात्रामा झोल पर्दाथ पिउने 

बिहानदेखि बेलुकासम्म के–के गर्ने ? 

– सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने 
– काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने 
– स्यानिटाइजर नभए साबुन पानीले हात धुने 
– शौचालय जाँदा र बाहिरबाट घर फर्केेपछि २० सेकेण्ड मिचीमिची हात धुने  
– बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने  
– हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने 
– लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने   
– घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने 

(वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. मिलन खड्कासँग विना न्यौपानेले गर्नुभएको कुराकानीमा आधारित ) 

अन्तिम अपडेट: बैशाख ६, २०८१

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • भुवनमान सिंह

    March 20, 2020, 9:08 p.m.

    सर-सल्लाह र सुझाव दिनु भएकोमा धेरै धन्यवाद दिन चाहान्छु । मेरो टिप्पणी: (१) निरन्तर फ्लू भइरहन्छ । (२) ज्वरो छैन । (३) आँखा पिरो भएको छ । (४) टाउको हलुका झुम्म हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया