कोशी, बागमती र गण्डकीको पहाडी भू–भागमा हल्का पानी पर्ने
बैशाख ७, २०८२ आइतबार
मोरङ - अब धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कोरोना भाइरस परीक्षण हुने भएको छ । प्रदेश सरकारले भारतबाट कोरोना भाइरस परीक्षण गर्ने रसायन ल्याएपछि परीक्षण सम्भव हुने भएको हो ।
टेकुमा रहेको शुक्राज ट्रपिकल हस्पिटलमा मात्र यसको परीक्षण हुने भएकोले हवाईजहाज बन्द भएपछि एम्बुलेन्स तथा गाडीको सहायताबाट स्वाब परीगि काठमाडौँ लानुपर्ने बाध्यता थियो । सामाजिक विकासमन्त्री जीवन घिमिरेको अग्रसरतामा प्रदेश सरकारले केमिकल ल्याएको हो ।
विश्वमै कोरोना भाइरस परीक्षण गर्ने रसायनको अभाव भएको अवस्थामा लगभग १ हजार ५ सय जनालाई पुग्ने रसायन ल्याइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ल्याइएको रसायन आजै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बुझाइएको छ।
केन्द्रीय प्रयोगशालासँग समन्वय गरेर दुई दिनभित्र नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना भाइरस ल्याव परीक्षण सुने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।