लकडाउनको अवधि एक हप्ता थपियो : अब चैत २५ गते राति १२ बजेसम्म

 चैत १६, २०७६ आइतबार २१:३७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ - कोरोना भाइरसको संक्रमण नफैलोस् भनेर सरकारले घोषणा गरेको लकडाउनको अवधि थपिएको छ ।

आइतबार बेलुका अबेर सम्म चलेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि २५ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साताका लागि लकडाउनको घोषणा गरेको थियो । यो लकडाउनको समय नसकिंदै सरकारले एक हप्ताको समय लम्ब्याएको हो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया