चामल किन्न भाटभटेनी पुगेका मन्त्रीको भनाइ- खासै महँगो रहेनछ

 चैत १७, २०७६ सोमबार १८:५४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्रीलाई सोमबार साँझ फोन गर्दा भाटभटेनी सुपरमार्केट पुगेको जानकारी दिनुभयो ।

मन्त्री भाटभटेनी किन जानुभएछ भनेर चासो लाग्यो । अनुगमनमा जानुभएको हो ? उज्यालो अनलाइनको प्रश्नमा मन्त्री भट्टले भन्नुभयो, ‘होइन खास मलाई चामल चाहिएको थियो र किन्न आएको, सँगसँगै यहाँको मुल्य पनि हेरिरहेको छु ।’

मन्त्री नै चामल किन्न किन जानपुरेछ भनेर हामीले जिज्ञासा राख्यौं । मन्त्री भट्टले भन्नुभयो, ‘निवासमा चामल र अरु खाद्यान्न सकिएको रहेछ, अरु आउँदा पास चाहिने भयो त्यै भएर म आएको, अब केही दिनलाई पुग्नेगरी दाल चामल, तरकारी लगायत किनेर जान्छु ।’

आफ्नो घरमा धेरै पाहुना आइरहने भएकाले खाद्यान्न छिटो सकिने पनि मन्त्री भट्टको गुनासो थियो । ‘म कहाँ खानेहरु अलि धेरै छौं, त्यसैले खाद्यान्न छिटो सकिन्छ ।’

बजार भाउ कस्तो लाग्यो त ? मन्त्री भट्टले भन्नुभयो, ‘बजार भाउ केहि पनि बढाएका रहेनछन्, मैले मूल्यसूची बोकेरै आएको थिएँ, तलमाथि गरेका रहेनछन्, भाउ कन्ट्रोलमै रहेछ, यहाँका सामानको भाउ हेरिरहेको छु ।’

‘कार्ड बोकेको छु, सपोर्ट गर्छ गर्दैन थाहा छैन’

मन्त्रीले कसरी भुक्तानी गर्छन् भन्ने विषयमा पनि हामीले जिज्ञासा राख्यौं । ‘सरकारले नै विद्युतीय भुक्तानी गर्नु भनेको छ, मैले क्यास बोक्न त मिलेन नि, बैंकको कार्ड बोकेको छु, सपोर्ट गर्छ कि गर्दैन खै थाहा छैन ।’

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया