कोरोना सङ्क्रमित युवतीसँगै आएका सोलुखुम्बुका युवकको रिर्पोट ‘नेगेटिभ’

 चैत १८, २०७६ मंगलबार ९:४४:३९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएकी युवतीसँगै एउटै जहाजमा आएका सोलुखुम्बुका एक युवकको रिर्पोट नेगेटिभ आएको छ । 

कतार एअरवेजको ‘क्यूआर ६५२’ बाट सङ्क्रमित युवतीसँगै आएका सोलुखुम्बुका युवकको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा नेगेटिभ रिर्पोट आएको जिल्ला अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।

गएको आइतबार सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीका ती युवककोे स्वाब परीक्षणका लागि पठाइएको थियो । साथै सोलुखुम्बुको तिङ्लाकी एक युवतीको पनि रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ । 

यूएईबाट गएको चैत्र ५ गते नेपाल आएकी सोलुखुम्बु तिङ्लाकी एक युवती र गोराखानीका युवकको स्वाब कोरोना परीक्षणका लागि काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया