अत्यावश्यक सामाग्री लिन चीन गयो वाइडबडी

 चैत २०, २०७६ बिहिबार १२:४५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल एअरलाइन्सको वाइडबडी जहाज अत्यावश्यक सामग्री लिनको लागि चीनको ग्वान्झाउ गएको छ ।

नेपालका विभिन्न व्यापारीले  मेडिकल र अन्य अत्यावश्यक सामग्री लिन नेपाल एअरलाइन्सको वाइडबडी चार्टर गरेर ग्वान्झाउ लगेका हुन् । जहाज आजै राति नेपाल फर्कनेछ ।

बुधबार अस्ट्रेलिया र  न्यूजिल्याण्डका नागरिक बोकेर अस्ट्रेलियाको ब्रिस्बेननेपाल एअरलाइन्सको अर्को वाइडबडी पनि आजै राती १० बजेर ५५ मिनेटमा नेपाल आइपुग्ने तालिका छ । 

यस्तै मलेसिया एअरलाइन्सले नेपालबाट नर्वेका नागरिकको उद्दार गरेको छ । बिहीबार बिहान मलेसिया एअरलाइन्सले १ सय २२ जना नर्वेजियन नागरिक बाकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि यूरोपेली देश र अमेरिकाले कतार एअरवेजको विमान चार्टर गरेर आफ्ना नागरिक स्वदेश फकाईसकेका छन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया