कोरोना संक्रमित सातौँ बिरामी देखिएकोबारे पुष्टि भएकोे छैन : स्वास्थ्य मन्त्रालय

 चैत २१, २०७६ शुक्रबार १५:२९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गण्डकी प्रदेशको कास्कीमा कोरोना सङ्क्रमित नयाँ बिरामी देखिएको हल्ला चले पनि सरकाले भने पुष्टि गरेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म सातौँ सङ्क्रमित भेटिएकाबारे कुनै पनि जानकारी नआएको उज्यालोलाई बताउनुभयो । उहाँले केहीबेर अघि गण्डकी प्रदेशमा सम्पर्क गरेको तर कोरोना सङ्क्रमित नयाँ बिरामी देखिएको बारे आफूलाई कुनै पनि जानकारी नआएको पनि बताउनुभयो ।

उहाँले यस्तो विषयमा सरकारले पुष्टि गरेको कुरालाई मात्र विश्वास गर्न र पुष्टि भएपछि मात्र खबर दिन पनि सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया