वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
मनाङ - विभिन्न देशबाट मनाङ घुम्न आएका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्डस्, अर्जेन्टिना, जर्मनी, इजरायल लगायतका यूरोपेली देशका रहेका छन् । माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएका छन् ।
आफ्नो देशमा भन्दा कोभिड–१९को जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ । नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन सकेको छैन ।
तिलिचो बेसक्याम्पतिर कति विदेशी नागरिक रहेका छन् भन्ने यकिन नभएको प्रजिअ पौडेलले बताउनुभयो ।
‘विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताउनुहुन्छ, त्यसैले हामी स्वदेश फर्किदैनौँ, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौँ भन्ने गर्नुहुन्छ,’ उहाँले भन्नुभयो ।
भाइरसको जोखिम नेपालमा कम रहेको र यहाँ सङ्क्रमण फैलिनसमेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ ।