कतै चट्याङसहित मेघगर्जन, कतै हावाहुरी, सतर्कता अपनाउन आग्रह

 चैत २९, २०७६ शनिबार १७:५८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौसहित मध्य पहाडी, पूर्वी पहाडी र पश्चिमका केही पहाडी क्षेत्र तथा तराई क्षेत्रमा अहिले मेघगर्जनसहित हावाहुरी चलिरहेको छ ।

शनिबार बेलुकीसम्म चट्याङसहित मेघगर्जन र हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महनशाखाले आग्रह गरेको छ । 

तराईका धेरै ठाउँमा अहिले बादल विकसित भइरहेकोले त्यस ठाउँमा पनि सतर्कता अपनाउन महाशाखाका मौसमविद गङ्गा नगरकोटीले आग्रह गर्नुभएको छ । अहिले दाङ, कपिलवस्तु र रुपन्देही लगायतका ठाउँहरुमा मेघगर्जनसहित हावाहुरी चलिरहेको छ भने केहीबेरमै पानी पर्ने सम्भावना रहेको छ । 

महाशाखाले ट्वीटरमार्फत प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ मा विशेष सर्तकता अपनाउन आग्रह गरेको छ । स्थानीय वायुको प्रभावका कारण चट्याङ, मेघगर्जन र हावाहुरीसहितको वर्षा लामो समयसम्म भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया