नेपालमा थप तीन जनामा कोरोना पुष्टि : सङ्क्रमितको सङ्ख्या १२ पुग्यो

 चैत ३०, २०७६ आइतबार १२:४४:४९ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - नेपालमा रहेका तीन जना भारतीय नागरिकमा कोभिड-१९ पुष्टि भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैयामा रहेको मस्जिदमा लुकेर बसेका २१ जनामध्ये तीन पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार अरु १९ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । नारायणी अस्पताल, वीरगञ्जकाे आईसोलेशनमा राखिएका उनीहरुको थ्रोट स्वाब कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा परीक्षण गर्दा कोरोना भएको पाइएपछि पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

अहिले सङ्क्रमित तीन पुरुषको सम्पर्कमा रहेका अरु व्यक्तिको पनि खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।

लगातार ६ दिनसम्म सङ्क्रमण नदेखिएकोमा सातौँ दिनमा परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको पाइएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ ।

त्यस्तै गएको माघ ९ गते कोरोना पुष्टि भएका एक जना पुरुष उपचारपछि निको भएका छन् भने अरु ८ जनाको उपचार चलिरहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा चार जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बाग्लुङमा दुई दुई जनाको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पोखरामा दुई सय ५४, धरानमा एक सय ६८, धुलिखेलमा एक सय ४६, सुर्खेतमा एक सय १४, हेटौँडामा एक सय ११, चितवनमा ९९, भैरहवामा ५८, जनकपुरमा ३७ र काठमाण्डौको वीर अस्पतालमा चार जना गरी चार हजार दुई सय २६ जनाको कोरोना परीक्षण गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया