काठमाण्डौ पेप्सिकोलामा बस्ने एकै परिवारका ३ जना कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना

 वैशाख १, २०७७ सोमबार १९:३७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको पेप्सिकोलामा बस्ने एकै परिवारका ३ जनालाई कोरोना भाइरस सङ्क्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको छ ।

र्यापिड टेष्टमा पोजेटिभि देखिएपछि उनीहरुलाई ललितपुरको पाटन अस्पतालमा लगिएको छ । उनीहरुको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन लागिएको जानकारी आएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेलायतबाट आएका हुनाले उनीहरुको स्वास्थ्यबारे यसै भन्न सकिने अवस्था छैन । कोरोनाको आशंका गरिएका ३ जना केही समय अगाडि मात्रै बेलायतबाट नेपाल आएका थिए ।

 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया