१२ दिन थपियो लकडाउन, वैशाख १५ गतेसम्म कायम रहने

 बैशाख २, २०७७ मंगलबार १५:३२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले लकडाउनको समय १२ दिन थपेको छ ।  

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो । ।

कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ ।

अहिलेसम्म १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये एक जना निको भएका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया