कोरोना सङ्क्रमित १६ पुगे : सबैको स्वास्थ्य सामान्य

 वैशाख २, २०७७ मंगलबार १६:३९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा आज थप दुई जनामा कोरोना भाइरसको  सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १६ पुगेको छ ।

नयाँ सङ्क्रमितहरुको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । यस्तै सङ्क्रमित दुई जनाको काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा, दुई जनाको बागलुङमा, चार जनाको वीरगञ्जको नारायणी अस्पतालमा र पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै एक जना भने उपचार पछि निको भएर घर फर्किसकेका छन् । संक्रमित १६ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया