‘सिस्टम कोल्याप्स’ हुँदा देशभर बिजुली गयो, १ घन्टाभित्र सबैतिर आइसक्ने

 वैशाख २, २०७७ मंगलबार २१:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - देशभर एकैपटक बत्ती गएको छ । प्राधिकरणले यसलाई सिस्टम नै कोल्याप्स भएको भनेको छ ।

ढल्केवरदेखी चन्द्रनिगाहपुरको बिचमा कुनै ठाउँ ठूलो चट्याङ परेकोले यस्तो भएको हुनसक्ने प्राधिकरणका प्रबक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । बिस्तारै एकपछि अर्को क्षेत्रमा विद्युत आपूर्ति गर्दै १ घन्टाभित्र देशैभर विद्युत आपूर्ति भैसक्ने उहाँले जानकारी दिनुभयो ।

यस्तो अवस्था बिरलै मात्र आउने पनि प्राधिकरणले जनाएको छ ।

देशभर एकैपटक बत्ती गएकोमा केही भागमा केही समयपछि बत्ति आउन सुरु गरेको छ । ललितपुर र काठमाण्डौका पनि केहि भागमा बत्ति आएको छ । सुदूरपश्चिममा भने प्रणालीमा सुधार भएर बत्ति आउन १ घण्टा लाग्ने प्रधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Himal

    April 15, 2020, 9:16 a.m.

    Here at Dallu Awas Area, Kathmandu-15 has no electricity from yesterday early morning that continually more than 29 hours. Why did not take responsibility by NEA ? Any answer ?

  •  0 Reply
  • govin shrestha

    April 14, 2020, 10:09 p.m.

    यस्तो अवस्था मा लाइन कट्नु स्वभाविक हो लाइन आइपुग्यो धन्यवाद छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया