स्याङ्जामा पाँच सय ३४ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

 बैशाख ४, २०७७ बिहिबार १२:३५:३५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जामा पहिलो चरणकोे कोरोना भाइरस (कोभिड १९) को नमुना परीक्षण बुधवारदेखि सकिएको छ । स्याङ्जाका ११ वटै पालिकामा पुगेर पाँच सय ३४ जनाको कोरोनाको नमुना सङ्कलन गरिएकाे र उनीहरुकाे रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबार चापाकोट, गल्याङ र वालिङ नगरपालिकामा गरी एक सय २३ जनामा गरिएको परीक्षणको नतिजा पनि नेगेटिभ देखिएको छ । यो नतिजासँगै स्याङ्जामा पहिलो चरणको कोरोना भाइरसको नमुना परीक्षणकाे काम सकिएकाे र बिहीबारदेखि दोस्रो चरणका अन्य कार्यहरु अघि बढाइने भएको छ ।

पहिलो चरणमा स्वतस्फूर्त रुपमा नमुना परीक्षणमा नआउनेलाई दोस्रो चरणमा घरघरमा पुगेर खोजी गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिनुभयो ।

स्याङ्जामा यसअघि ६ सय २४ जना विदेशबाट आएको विवरण सार्वजनिक भएको थियो । उनीहरु सबैको दोस्रो चरणमा खोजी गरिने प्रशासनको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया