माैसम : आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

 वैशाख ५, २०७७ शुक्रबार ८:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । 

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम सामान्यतया बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसमविद्ले बताएका हुन् । यस्तै कतै कतै असिना पनि पर्न सक्नेछ । 

आज राति देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ पहाडी क्षेत्र र तराईका केही ठाउँमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार शनिबार भने मौसममा सुधार आउनेछ । तर भोलि पनि मध्य र पूर्व तथा पश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यसकै प्रभावले गए राति देशका विभिन्न ठाउँमा पानी परेको थियो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rajesh khadka

    April 17, 2020, 9:06 a.m.

    मेरो पनि भन्नु छ मलाई चासो लागे को कुरा गल्ती भए क्षमा चाहन्छु।।। देश व्यापी रूपमा गाउँ सहर सफा गर्ने अभियान्ताहरु अहिले के गर्दै छन् । यो कोभिट 19 कोरोना भाइरस को लागि त विश्व नै लागि परे को छ देश को अरु प्रसासन निकाय हरु पनि लागि परेकै छन्।यी अभियान्ता हरुले त्या भन्दा बरु लक डाउन को सही सदपयोग गरी। यो सरसफाई गर्ने अचुक समय थियो होला ।सरसफाई गर्ने २/४ जना को गुरुप बनाएर ठाउँ ठाउँ मा परिचालन गर्नु पर्ने थियो। अनि हामी पनि मान्ने थियौ । किन मौन देख्छु आज भोलि । की नाम कमाउन सम्म मात्रै केही दिन हल्ला मात्रै हो ।होइन भने अहिले उठाऊ लागौं जागै अनि देश व्यापी रूप मा सफा गरौं।आफै कोरोना भागी हाल्छ ।। आइले न गरे कैले।। धन्यवाद ।। राजेश खड्का हाल सुदूपश्चिम प्रदेश डडेल्धुरा परशुराम नगरपालिकाको वडा नं ९ बाट

  •  0 Reply

तपाईको प्रतिक्रिया