बाबुको किरिया घरमै बस्न पाउँदा सीमामा अलपत्र परेका किरियापुत्री खुशी

 बैशाख ११, २०७७ बिहिबार १८:४७:४९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - भारतीय सिमानामा अलपत्र परेका  किरियापुत्री र उनका छोरासहित २ जनालाई  पाणिनि गाउँपालिकाले उद्धार गरेर आफ्नो घरमा ल्याई किरिया बस्ने व्यवस्था गरेको छ । 

लकडाउनका कारण २२ दिनदेखि सुनौली नाकामा रोकिएका पाणिनि गाउँपालिका वडा नम्बर ४, पटौटीको निगालीका धनीश्वर विकलाई बावुको मृत्यु भएपछि किरिया गर्न उद्धार गरी ल्याइएको हो । 

उनका बाबु उदयबहादुर विकको ८ गते राति मृत्यु भएको थियो । एक्लो छोरा पनि किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले नेपाल सरकार र भारतको उत्तर प्रदेश सरकारसँग समन्वय गरेर उद्धार गरेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताउनु भयो । 

आरडीटी र स्वाब परीक्षण सबै गराएर सबै रिपोर्र्ट नेगेटिभ देखिएपछि घरमै सेल्फ क्वरेण्टीनमा राखेर किरिया बस्ने व्यवस्था गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । 

बाबुको मृत्यु हुँदा दागबत्ती दिन आउन नपाएका उहाँ किरिया गर्न आउँदा खुशी हुनुहुन्छ । रोजगारीका लागि भारत गएका बाबुछोरा भारतमा लकडाउन भएपछि घर आउन हिँडेका र २२ दिनदेखि सिमानामा अलपत्र परेका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया