तीन दिनकाे माैसम : अझै धेरै पानी पर्ने सम्भावना

 वैशाख १२, २०७७ शुक्रबार ९:१२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबार (आज) शनिबार र आइतबार  आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

स्थानीयसँगै पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज मध्य र पूर्वी क्षेत्रको मौसम खुल्ने सम्भावना छैन । अरु ठाउँको मौसम बिहान खुले पनि दिउँसोपछि चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने उहाँको अनुमान छ । आज पश्चिमको तुलनामा मध्य र पूर्वका धेरै ठाउँमा पानी पर्नेछ ।

यस्तै भैरहवाबाट पूर्वतिर जनकपुर, सिरहा, सर्लाहीलगायत पूर्वी तराईमा आज अलि धेरै हुरीबतासको सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ । आजको भन्दा शनिबार कम हावाहुरी चले पनि आइतबारसम्म नै देशका धेरै ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया