अनलाइन शिक्षण कसरी गर्ने ? डीजी स्कुल नेपालको निःशुल्क प्रशिक्षण

 बैशाख १३, २०७७ शनिबार २०:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शैक्षिक संस्था बन्द भएको बेलामा अहिले धेरै जनाले अनलाइन शिक्षणको माग गरिरहेका छन् । 

केही संस्थाले अनलाइन शिक्षण सुरु गरे पनि धेरै भने अझै अलमलमा छन् । यस्तै अलमललाई कम गर्न डीजी स्कुल नेपालले निजी तथा सरकारी स्कुलका शिक्षकहरुलाई निःशुल्क प्रशिक्षण दिन सुरु गरेको छ । 

प्रशिक्षणमा अनलाइन कक्षा सिर्जना, कक्षा गतिविधि र विद्यार्थीलाई गृहकार्य दिने, नोटहरू दिँदै कक्षा रेकर्डिङ, अनलाइन प्रस्तुतिहरू, तस्बिर र भिडियो साझेदारीसम्बन्धी सिकाइने डीजी स्कुलले जनाएको छ ।  

शिक्षा विद्यार्थीको एक अनिवार्य तत्व भएको र यस महामारीमा शारीरिक दुरी कायम गर्दै प्राध्यापन गराउन सघाउनका लागि निःशुल्क अनलाइन प्रशिक्षण सुरु गरिएको डीजी स्कुल नेपालका प्रबर्द्धक सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताउनुभयो । 

प्रशिक्षणमा सहभागी हुन चाहने विद्यालय तथा शिक्षकहरुले सम्पर्क नम्बर ९८०१२२४२६९ वा info@digischoolglobal.com मा सम्पर्क गरी सहभागिता जनाउन सक्ने श्रेष्ठले जानकारी दिनुभयो । 

अनलाइन प्रशिक्षणको समय शिक्षकको समय अनुकूल गरिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २१, २०७७

तपाईको प्रतिक्रिया