न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
अर्घाखाँची - भारतको विभिन्न स्थानमा गएका र घरमा फर्कँदा सिमानामै लकडाउनमा परेका १ सय २८ जनालाई अर्घाखाँची ल्याएर फेरि क्वरेण्टीनमा राखिएको छ ।
२६ दिन भारतको नौतनवाको क्वरेण्टीनमा राखेर जिल्लामा ल्याइएका उनीहरुलाई फेरि १४ दिनको लागि स्थानीय सरकारले बनाएको क्वरेण्टीनमा राखिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वपक्षीय बैठकबाट भारत र नेपाल सरकारको सहकार्यबाट सिमानाको क्वरेण्टीनमा बसेका उनीहरुलाई आफ्नो घरमा ल्याइएको संघीय सांसद पुस्पा भुसालले बताउनु भयो ।
भारतमा रोजगारी गरी फर्किएका मालारानी गाउँपालिकाका ९३, सन्धिखर्क नगरपालिका २०, पाणिनि गाउँपालिकाका ९, छत्रदेव गाउँपालिकाका ४ र शितगंगा नगरपालिकाका १ गरी एक सय २८ जनालाई सम्बन्धित पालिकाको क्वरेण्टीनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले जानकारी दिनुभयो ।
आफ्ना पालिकाका बासिन्दालाई सम्बन्धित पालिकालेनै व्यवस्थापन गर्नेगरी क्वरेण्टीनमा राखिएको हो । लकडाउनका कारण उनीहरु विगत २६ दिनदेखि नौतनवाको एक विद्यालयमा क्वरेण्टीनमा थिए ।