अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने

 बैशाख १५, २०७७ सोमबार ७:१६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसको प्रभावले आज पश्चिमका धेरै तथा मध्ये र पूर्वका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानी पर्नेछ । पुराना प्रणाली कमजोर भएपनि नयाँ प्रणाली सक्रिय हुने देखिएकाले अझै केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने क्रम चलिरहने उहाँले बताउनुभयो ।

गएको २४ घण्टामा काठमाण्डौ मा २ दशमलव ६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Somnath gyawali

    April 28, 2020, 9:13 a.m.

    ठाउँ तोकेर भने कति राम्रो हुन्थ्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया