माैसम : आज दिउँसाे तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

 वैशाख १७, २०७७ बुधबार ८:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुधबार (आज) दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने मौसमविद्ले बताएका छन् । अन्य ठाउँको मौसम भने बदली हुँदै घाम लाग्नेछ ।

पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरिकै मौसम बदली भए पनि महेन्द्रनगर, धनगढी, बर्दीयालगायत पश्चिम तराईमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

यस्तै दिउँसो बादलमात्र लाग्ने काठमाण्डाैसहित मध्य र पूर्वका केही ठाउँमा राति भने चट्याङ र हावाहुरीसहित पानी पर्ने उहाँले जानकारी दिनुभयो । स्थानीय वायुका कारण पानी पर्ने भएकाले धेरै लामो समय पानी नपर्ने उहाँको अनुमान छ ।

यस्तै हिजोअस्तिको भन्दा अब मौसम बिस्तारै खुल्ने पनि मौसमविद् पौडेलको भनाइ छ । पानी र चट्याङ पार्ने बादल विकसित भइरहेकाले अहिले पनि पश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया