चीनले सगरमाथामा पुर्यायो फाइभ-जी नेटवर्क

 बैशाख १८, २०७७ बिहिबार २०:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा फाइभ-जी नेटवर्क पुर्याएको छ ।

चाइना डेलीकाअनुसार ६ हजार ५ सय मिटरको उचाइमा मोबाइलको फाइभ-जी सेवा सुरु भएको छ । यो काम चाइना मोबाइल र हुआवेईले संयुक्त रुपमा गरेका हुन् । तिब्बत तर्फको भू-भागबाट गएको चिनियाँ टोलीले फाइभ-जी नेटवर्क जडान गरेको हो । 

यसको लागि चौँरी गाई र चिनियाँ भरियाले एन्टेना, सोलार लगायतका सामान ओसारेका थिए । 

योसँगै अब सगरमाथामा पनि फाइभ-जी सेवा सुरु भएको र  यसले वैज्ञानिक अध्ययन, वातावरणको रेखदेख र सगरमाथामा हुने गतिविधिको अनुगमनमा सहज हुने चाइना डेलीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Rekha Chandra Dahal

    May 15, 2020, 5:26 p.m.

    हाम्रो सगरमाथामा चिनको के अधिकार? 5G network स्थापना गर्ने अधिकार उसलाई हामीलहामीले दिएको छैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया