असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
पर्सा - कोरोना भाइरसको जोखिम बढेपछि पर्सामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर मंगलबार राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुनेगरी पर्सा जिल्लाभर निषेधाज्ञा लागू गरेको जनाएको छ ।
अब पर्सामा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कोही पनि घर बाहिर निस्कन पाउनेछैनन् भने जिल्लाभर सेना परिचालन गरिएको छ ।
कोरोना नियन्त्रणको लागि नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएपनि नटेरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथमा स्थानीय प्रशासन ऐन अनुसार सेना परिचालनसमेत गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
मंगलबार ५७ जनामा पुष्टि भएसँगै पर्सामा मात्रै ८२ जनामा कोरोना पुष्टि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।