असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ - आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यही प्रणालीको असरले अहिले पश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।
यस्तै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वका केही ठाउँको मौसम पनि आशिंक बदली भएको छ । अरु ठाउँको मौसम भने अहिले सफा नै छ । तर पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले केही घण्टापछि काठमाण्डौसहित मध्य क्षेत्रका थोरै र पूर्वका केही ठाउँमा पनि पानी पर्ने मौसमविद् श्रेष्ठको भनाइ छ ।
उहाँका अनुसार आज मध्यक्षेत्रको तुलनामा पूर्व र पश्चिममा धेरै पानी पर्नेछ । प्रि-मनसुन चलिरहेकाले मेघगर्जन, चट्याङ, हावाहुरी र कतै असिना पनि पर्नसक्ने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।