थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ३०४ पुगे

 जेठ ५, २०७७ सोमबार ९:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा सोमबार थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रौतहट र बाराका गरी ९ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्रयोगशाला, टेकु काठमाण्डौमा गरिएको परीक्षणअनुसार रौतहटको इशनाथ नगरपालिकाका २१, २१, २३, २५, २५, २९ र ३० वर्षका पुरुषहरु,  तथा रौतहटकै माधबनारायण नगरपालिकाकी २८ वर्षीया महिला तथा बाराको करैयामाइका ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया