भोजपुरका पत्रकारको कोरोना बीमा

 जेठ १२, २०७७ सोमबार २०:१०:६ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका पत्रकारका लागि स्थानीय जनप्रतिनिधिले बीमा कम्पनीसँग सम्झौता गरेका छन् । नेपाल पत्रकार महासङ्घ भोजपुरका क्रियाशील ५२ पत्रकारको बीमा सम्झौता गरिएकाे हाे ।  

भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, नगरपालिका ९ का वडाध्यक्ष रामबहादुर तामाङ र ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडसँग पत्रकारको बीमा सम्झौता गरेका हुन् । 

अग्रपङ्क्तिमा रहेर जोखिमपूर्ण तरिकाले समाचार सङ्कलन गरिरहेका पत्रकारको व्यक्तिगत सुरक्षाका लागि बीमाको व्यवस्था गरिएको उपमेयर ममिता राईले जानकारी दिनुभयो । 

पत्रकार आबद्ध सञ्चार गृहबाट तलब नआउने अवस्थामा यदि कोहीमा सङ्क्रमण देखिए अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आइपर्ने आर्थिक समस्यामा बीमा कम्पनीबाट प्राप्त हुने रकमले केही राहत मिलोस् भन्ने उद्देश्यले बीमा गर्न सहयोग गरेको राईले बताउनुभयो । 

बीमा कम्पनीसँग भएको सम्झौता अनुसार फिल्डमा खटिने कुनै पत्रकारलाई सङ्क्रमण भएमा कम्पनीले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया