बारा : एक प्रहरी निरीक्षकलाई काेराेना सङ्क्रमण

 जेठ १२, २०७७ सोमबार २०:५:३८ | जयनारायण यादव
unn.prixa.net

बारा – बारामा एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) मा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । काठमाण्डाै घर भइ जिल्ला प्रहरी कार्यालयमा कार्यरत २८ वर्षीय पुरुष (प्रहरी निरीक्षक) मा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिनुभयाे ।

गएको जेठ ७ गते स्वाब सङ्कलन गराउनुभएका उहाँकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डाैले गरेकाे परीक्षणमा काेराेना पुष्टि भएकाे डीएसपी मिश्रले जानकारी दिनुभयाे । योसँगै बारामा कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या सात पुगेको छ । कोरोना सङ्क्रमित सबै जना प्रहरीको कलैया अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि आइतबार एक जना प्रहरी नायब निरीक्षक, एक जना प्रहरी हवलदार र दुई जना प्रहरी जवानमा कोरोना सङ्क्रमण पोजेटिभ पाइएको थियो । गएको जेठ तीन गते जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत एक जना प्रहरी जवानमा कोरोना सङ्क्रमण पाइएपछि २५ जना प्रहरीलाई क्वरेण्टीनमा राखिएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया