पाँचपोखरीमा केबुलकार निर्माण हुने

 साउन १६, २०७५ बुधबार ११:०:५८ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र पाँचपोखरीमा केबुलकार सञ्चालन हुने भएको छ । केबलकार सञ्चालन गर्ने पहिलो प्रयास अन्तर्गत  प्रारम्भिक प्रतिवेदन तयार गरिएको छ । 

पाँचपोखरी थाङ्पालधाप गाउँपालिकामा पर्ने भोताङको छिम्ती देउरालीबाट लौरीविनायकसम्म केबुलकार सञ्चालनमा ल्याइनेछ । यसको लम्बाइ साढे ६ किमी हुने प्रतिवेदनमा उल्लेख छ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने समेत प्रतिवेदनले जनाएको छ । 

पाँचपोखरी क्षेत्र समुद्री सतहबाट चार हजार १ ५१ मिटरको उचाइमा पर्दछ । केबुलकार निर्माण गर्न दुई अर्ब लगानी लाग्ने अनुमान छ । त्यसका लागि एक घर एक शेयरको अनिवार्य व्यवस्था गरिने गाउँपालिका र निजी कम्पनीलाई आह्वान गरिने केबुलकार व्यवस्थापन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष ङिमाछिरिङ तामाङले बताउनुभयो । उहाँका अनुसार पाँचपोखरी क्षेत्रको पर्यटन व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपेयाँ बजेट छुट्याइएको छ ।

प्रारम्भिक प्रतिवेदन पछि विभिन्न केबुलकार प्रदायक कम्पनीसँग सम्पर्क गरिएको र विशेष गरी कुमारी बैंकले लगानीको लागि रुची देखाएको गाउँपालिकाका प्राविधिक सहायक कुमार बस्नेतले जानकारी दिनुभयो । हरेक वर्षको जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने पाँचपोखरीमा यसपालीदेखि पोखरी क्षेत्रमै व्यवस्थित होटलहरु पनि सञ्चालनमा आएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया