बाजुराको क्वरेण्टीनमा शिशुकाे जन्म

 जेठ १७, २०७७ शनिबार २०:५९:१० | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिका १ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वरेण्टीनमा शुक्रबार राति एक महिलाले शिशुलाई जन्म दिनुभएकाे छ ।

नगरपालिका १ मल्लाकुँडीकी महिलाले शुक्रबार राति १० बजेतिर शिशुलाई जन्म दिनुभएकाे वडा पालिकाका सदस्य ललित थापाले जानकारी दिनुभयाे । कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएर क्वरेण्टीनमा बसेको बेला शिशुकाे जन्म भएकाे हाे ।  

त्यही वडामा रहेकाे सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले क्वरेण्टीनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको वडा सदस्य थापाको भनाइ छ ।

भारतबाट आएको तीन दिनपछि उहाँले पहिलाे सन्तानकाे रुपमा छाेरीलाई जन्म दिनुभएकाे हाे । क्वरेण्टीनमा जन्मिएकाे शिशु र आमा दुवैकाे अवस्था सामान्य रहेको अनमी दिया सिंहले बताउनुभयाे । 

बाजुरामा क्वरेण्टीनमा बसेर शिशुलाई जन्म दिने उहाँ पहिलाे महिला हुनुहुन्छ । उहाँसँगै उहाँका श्रीमान पनि त्यही क्वरेण्टीनमा बस्दै आउनुभएकाे छ ।

क्वरेण्टीनमा सुत्केरी महिला

बूढीगङ्गा नगरपालिका १ वडा कार्यालयले धुरालसैन माध्यमिक विद्यालयमा रहेकाे क्वरेण्टीनमा तीन दिनकी सुत्केरी महिला बसेकाे पाइएकाे छ । त्यही नगरपालिकाकाे अम्कोटकी महिला क्वरेण्टीनमा बस्नुभएकाे वडा सदस्य ललित थापाले बताउनुभयाे । 

भारतको पलियाबाट सुत्केरी भएर आउनुभएकी उहाँसहित श्रीमान पनि त्यही क्वरेण्टीनमा बस्दै आउनुभएकाे छ । उहाँहरुकाे अवस्था सामान्य रहेको जनाइएकाे छ । उनीहरुको सुरक्षा सामग्री प्रयोग गर्दै जाँच गर्ने गरिएकाे छ । 

बाजुरामा पछिल्लो समयमा भारतबाट आउनेको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको छ । कामका लागि गएका नाै वटै पालिकाका नागरिकहरु जिल्ला भित्रिने क्रम जारी छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया