यूएईमा समस्यामा परेका नेपालीलाई सेञ्चुरी बैंक र आईएमईको सहयोग

 जेठ १९, २०७७ सोमबार १५:२१:६ | उमाकान्त पाण्डे

यूएई – यूएईमा समस्यामा परेका नेपालीलाई दुईवटा रेमिट्यान्स कम्पनीले सहयोग गरेका छन् । सेञ्चुरी बैंकको सेञ्चुरी रेमिट र आईएमई रेमिटले खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेका हुन् ।

सेञ्चुरी रेमिटले आइतबार आबुधाबीको राहत वितरण टोलीलाई तीन सय किलो चामल र  ५४ लिटर तेल लगायत खाद्यान्न सामाग्री सहयोग गरेको छ । सेञ्चुरी रेमिटले एनआरएनएको राहत वितरण टोलीलाई आबुधावीमा खाध्य सामग्री प्रदान गर्ने सेञ्चुरी बैंकका यूएई प्रमुख प्रकाश पौडेलले बताउनु भयो ।

यस्तै आईएमई रेमिटले राहत वितरणमा खटिरहेका नेपाली संस्थामार्फत सहयोग हस्तान्तरण गरेको छ । आईएमईले एनआरएनए, नेपाली समाज र आबुधाबीमा रहेको राहत वितरण टोलीलाई गरी ५ हजार दिर्हाम (१ लाख ६० हजार रुपैयाँ भन्दा बढी) को सहयोग उपलब्ध गराएको यूएईका आईएमई प्रमुख उत्तम बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।

दुबईमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष पासाङ शेर्पा  तथा नेपाली समाजका प्रतिनिधिलाई आइतबार सहयोग अन्तर्गतको खाद्यान्न सामाग्री उपलब्ध गराइएको थियो । यस्तै आबुधाबीमा सोमबार सहयोग हस्तान्तरण गरिएको थियो ।  

आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधिले उपलब्ध सहयोग सामग्री बुझ्नुभएको हो । प्राप्त सामाग्री राहत वितरण टोलीले खानाको समस्यामा परेका नेपालीलाई प्रदान गर्नेछ ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

2 Comments

  • Shyam bahadur bohara chhetri

    June 2, 2020, 5:25 p.m.

    कम्पनी ३ महिना देखि बन्द हुनाको कारण र कम्पनीले खान बस्नको व्यवस्था नगरेको हुँदा सबै आफैले समस्या भोग्नु पर्दा धेरै दु:ख पाउनु परेको छ /

  •  0 Reply
  • Hari bashyal

    June 2, 2020, 5:21 p.m.

    भिजिट भिसामा आएको ३ महिना भन्दा धेरै भैसक्यो...काम पनि कतै पाएको छैन ...रुममा बस्न र खान धेरै दु:ख भएको छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया