जीप दुर्घटनामा चालककाे ज्यान गयो

 जेठ २०, २०७७ मंगलबार २१:०:१ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकोटमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

कालीकोटको जितेगडाबाट नरहरीनाथ गाउँपालिका जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जीप लालिघाटमा दुर्घटना हुँदा जीप चालक रास्कोट नगरपालिका १ का ४० वर्षीय डबलबहादुर शाहीको घटनास्थलमै ज्यान गएकाे हाे । 

जीपमा चामल लैजाँदै गरेका नरहरीनाथ ३ का पूर्णप्रसाद उपाध्याय घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक (डीएसपी) स्यामबाबु ओलीयाले बताउनुभयो । घाइते उपाध्यायलाई जिल्ला अस्पताल कालीकोट ल्याइएको छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया