'कोरोना महामारीमा पालिकाहरुको काम प्रशंसनीय'

 जेठ २८, २०७७ बुधबार १२:४०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीकाे बेला पालिकाहरुले गरेको काम प्रशंसनीय रहेको बताउनुभएको छ । संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले महामारीमा कसरी काम गर्ने भन्ने अनुभव नभएका पालिकाका जनप्रतिनिधिहरुले महामारी नियन्त्रण तथा राहतको लागि उत्कृष्ट काम गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, 'एकैपटक महामारी आयो, नयाँ किसिमको रोग, बजेटको सिमितता छ, उद्धार, राहत, सङ्क्रमण नियन्त्रण, परीक्षण, उपचार सबै काम एक्कासी गर्नुपर्दा पनि उहाँहरुले संयमताकाे साथ उत्कृष्ट काम गरिरहनुभएको छ ।’

भारतबाट स्वदेश फर्कनेहरुको सङ्ख्या बढेको र ८५ प्रतिशत सङ्क्रमितहरु भारतबाट घर फर्किएकाहरु रहेको भन्दै प्रधानान्त्री ओलीले एक्कासी आएका मानिसलाई खान बस्नको व्यवस्था, परीक्षण, उपचारको लागि पालिकाका जनप्रतिनिधिहरुले उत्कृष्ट व्यवस्थापन गरेको दाबी गर्नुभयो । पीसीआर परीक्षण नगरिएका तर सङ्क्रमणको सम्भावना भएका व्यक्तिकाे छेउमा जोखिम मोलेरै जनप्रतिनिधिहरु पुगेर व्यवस्थापनको काम गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सरकारले पालिकाहरुलाई बजेट पठाएको र उनीहरुले अनियमितता गरिहाल्छन् भन्ने अहिले नै सोच्न नहुने बताउनुभयो । यस्तो सङ्कटको बेला पनि कसैले अनियमितता गर्छ भन्नेमा आफूलाई विश्वास नभएको भन्दै प्रधानमन्त्री ओलीले आन्तरिक लेखा परीक्षण तथा महालेखापरीक्षकको प्रतिवेदन तयार हुने र कसैले अनियमितता गरेमा कारबाही गर्ने बताउनुभयो ।

उहाँले अहिले कामको बेला भएकोले लेखापरीक्षणमा केन्द्रित नभएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • हरामी मगर

    June 10, 2020, 1:24 p.m.

    यो साले सुद्दी बौलायो जस्तो छ मर्न नसकेको रास्ट्रघाती भाइरस छितो मर

  •  0 Reply

तपाईको प्रतिक्रिया