विश्वमा कोरोना सङ्क्रमण निको हुनेको संख्या ३९ लाख नाघ्याे

 जेठ ३१, २०७७ शनिबार १०:३६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमण निको हुनेको संख्या ३९ लाख नाघेको छ ।

७७ लाख ३९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ३९ लाख ६६ हजार २ सय ६२ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ । वर्ल्डओमिटरका अनुसार उपचार गराइरहेका ३३ लाख ४५ हजारभन्दा धेरैमध्ये ५३ हजार ८ सय ८७ जनाको अवस्था भने जटिल छ भने बाँकीको अवस्था भने सामान्य छ ।

४ लाख २८ हजार ३ सय ३७ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै १ लाख ३९ लाख ४ सय ५९ जना नयाँ बिरामी थपिएका छन् भने ४ हजार ५ सय ८८ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै ब्राजिलमा ८ सय ४३ जनाको ज्यान गएको छ । यसैबीच भारतमा गएको २४ घण्टामा ११ हजारभन्दा धेरै बिरामी थपिएसँगै सङ्क्रमितको संख्या ३ लाख ९ हजार नाघेको छ । यो सँगै भारत कोरोनाका सङ्क्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा पुगेको छ ।

यस्तै लकडाउन खुलेसँगै भारतमा ज्यान गुमाउनेको संख्या पनि दैनिक बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै ३ सय ८९ जनाको ज्यान गएको भारतमा ज्यान गुमाउनेको संख्या साढे ८ हजार नाघेको छ ।

यसैबीच युक्रेनमा आफ्नी श्रीमतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि राष्ट्रपति बोलोदिमिर जेलिनस्कीले आफु सहभागी हुने सबै बैठक स्थगित गर्नुभएको छ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया