सामसुङ ग्यालेक्सी एम ११ सार्वजनिक

 असार १४, २०७७ आइतबार ११:५६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सामसुङ एम सिरिजको लेटेस्ट स्मार्टफोन ग्यालेक्सी एम ११ सार्वजनिक भएको छ । यो फोन नेपाली बजारमा गएको असार ११ गतेदेखि बिक्री हुँदै आएको छ । 

साथै कम्पनीले यस फोनको फिचर पनि सार्वजनिक गरेको छ  । सामसुङ एम ११ सिरिजमा पाँच हजार एमएमएचको ब्याट्री रहेको छ । यसको डिसप्ले र प्रोसेसर एकदमै शक्तिशाली रहेको कम्पनीले जनाएकाे छ । यो फोन ३ जीबी र्याम प्लस ३२ जीबी स्टोरेज, ४ जीबी र र्याम ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । नेपाली बजारमा यो मोबाइलको मूल्य १८ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

यो फोनमा ६.४ इन्चको एचडी प्लस एलसीडी डिस्प्ले रहेको छ । साथै यो फोनमा उच्चस्तरको पर्फमेन्सका लागि क्वालकम स्नेपड्रागन ४५० चिपसेट रहेको छ । यसमा एन्ड्रोइड १० ओपरेटिङ सिस्टमले काम गर्नेछ । यसमा ट्रिपल रियर क्यामेरा राखिएको छ । जसमा १३ एमपी, २ एमपी र ५ एमपीको सेन्सर रहेको छ । यसबाहेक यसमा फ्रन्ट क्यामेरा ८ एमपीको रहेको छ ।

कम्पनीले यस फोनमा कनेक्टिभिटीको लागि फोरजी एलटीई, यूएबी २.० ब्लूटूथ ४.० र ३.५ एमएमको हेडफोन दिएको छ । यसमा १५ वाटको फास्ट चार्जिङ रहेको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया