प्रयोगमा आयो दैलेख प्रयोगशालाकाे पीसीआर मेसिन

 असार १५, २०७७ सोमबार १९:३६:२४ | अमर सुनार
unn.prixa.net

दैलेख – देशभरमै दोस्राे र कर्णाली प्रदेशमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएको दैलेखमा कोरोना परीक्षण प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिन सोमबारदेखि प्रयोगमा आएको छ । 

दैलेख क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रविन्द्र शर्मा, नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णकुमार बीसी, दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकलगायत ६ जनाको स्वाब सङ्कलन गरेर मेसिनकाे उद्घाटन गरिएकाे हाे । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

सुर्खेतको प्रयोगशालाको मेसिन बिग्रिएको कारण नेपालगञ्जबाट आएको विशेषज्ञ टोलीको सहभागितामा दोहोर्‍याएर परीक्षण गर्दासमेत ६ जनामै कोरोना नभएको पुष्टि भएको दैलेख प्रयोगशालाका इञ्चार्ज शंकर शाहीले जानकारी दिनुभयो । 

भारतमा लकडाउनकाे कारण रोजगारी गुमेर जेठ पहिलो महिनामा १८ हजार नागरिक दैलेख भित्रिँदा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि दैलेख–१ को निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको बचेको रकमबाट पीसीआर मेसिन खरिद गरिएको थियो ।

केन्द्रमा राष्ट्रिय प्रयोगशाला, प्रदेश र केही ठूला शहरमा प्रदेश सरकारले कोरोना परीक्षण प्रयोगशाला भए पनि जिल्लास्तरीय पहलमा प्रयोगशाला स्थापना गरिएको दैलेख पहिलो हो । 

कोरोना सङ्क्रमितको सङ्ख्याकाे आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रौतहटमा १३ सय ४३, दैलेखमा ७ सय ७६,  कपिलवस्तुमा ७ सय ४४ र सर्लाहीमा ६ सय ४९ जना पुगेको जनाएकाे छ । यी चार जिल्लालाई कोरोना सङ्क्रमणकाु अति जोखिम जिल्लाहरुको सूचीमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया