क्वरेण्टीनमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

 असार १९, २०७७ शुक्रबार ११:२९:५५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पामा क्वरेण्टीनमा आत्महत्या गरेका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

बुधबार क्वरेण्टीनमै झुण्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय ती पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । भेरी अस्पताल नेपालगञ्जमा आज गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले जानकारी दिनुभयो ।

विद्यालयमा स्थापना गरिएको क्वरेण्टीन भरिएकाले उनलाई गाउँको एउटा घरमा  एक्लै राखिएको थियो ।

मृतक पुरुषमा कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङका लागि टोली त्यस स्थानमा पठाइने र सबैको स्वाब संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया