छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – तीन वर्ष मलेसिया र ४ वर्ष साउदीमा बिताउनुभएका दाङका गोविन्द रावत त्यहाँ राम्रो कमाइ नभएपछि स्वदेश फर्किनुभयो र गाउँमै तरकारी खेती गर्न थाल्नुभयो ।
शान्तिनगर गाउँपालिका ७ दुविचौरका गोविन्द अहिले आफ्नै खेतबारीमा रमाउनुभएको छ । २०७५ सालदेखि गाउँमा स्मार्ट कृषि कार्यक्रम लागू भएपछि दुईवटा टनेलमा तरकारी खेती सुरु गर्नुभएको छ । त्यसबाट एक सिजनकाे करिब ५० हजार रुपैयाँ जति आम्दानी हुने उहाँ बताउनुहुन्छ ।
विदेशमा हुँदा घर खर्च चलाउन पनि धौधौ भएको तर अहिले गाउँघरमै तरकारी खेती गरेर आफ्नो र परिवारको पेट पाल्ने मात्रै होइन पैसा बचत पनि गरिरहेको भन्दै उहाँ खुसी व्यक्त गर्नुहुन्छ ।
दाङमा २ वर्ष अघिदेखि सुरु भएको ‘स्मार्ट कृषि गाँउ’ कार्यक्रमबाट गोविन्दलाई तरकारी खेती गर्न हौसला मिलेको हो । अहिले गोविन्द जस्तै दाङका धेरैजनाले यो कार्यक्रमको लाभ लिइरहेका छन् ।
परम्परागत खेती गर्दै आइरहेकाहरुले स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएपछि व्यवसायिक रुपमा खेती गर्न थालेका छन् । जसका कारण आफूहरुको आम्दानी बढेको उनीहरुको भनाई छ । प्रदेश ५ सरकारले २०७५ सालमा कृषिको पकेट क्षेत्र विकास गर्ने योजनाअन्तर्गत दाङका ६ गाउँलाई स्मार्ट कृषि गाउँमा परिणत गर्ने योजना अगाडि बढाएको थियो ।
कृषि ज्ञान केन्द्र दाङको समन्वयमा एक सांसद एक कृषि गाउँ अन्तर्गत ६ गाउँलाई स्मार्ट कृषि गाउँ बनाएको हो । यो कार्यक्रम देउखुरी क्षेत्रमा लमहीको हरदवा, गढवाको गुसुरा, घोराही–८ स्यानी गाउँ, तुलसीपुर–१४ लुहाडबर मटेरा, बंगलाचुलीको रिभानटोल गाउँ र शान्तिनगर–७ दुबिचौरमा लागू भएको छ ।
स्मार्ट कृषि गाउँ लागू भएको शान्तिनगर गाँउपालिका–७ का मोहनलाल खत्रीले कृषि व्यवसायबाट राम्रो आम्दानी गर्नुभएको छ ।
यसअघि परम्परागत रुपमा धान र मकै खेती गर्दै आएका खत्रीले व्यवसायिक तरकारी खेती गर्न सुरु गर्नुभएको छ । आधुनिक तरिकाले कृषि गर्दा उत्पादन र आम्दानी बढेको उहाँको भनाइ छ ।
‘अहिले धेरै राम्रो भएको छ, पहिलेको जस्तो समस्या छैन, यसरी तरकारी खेती गर्दा सजिलोसँगै आम्दानी पनि राम्रो हुँदो रहेछ’, उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ ।
एउटा सानो टनेलबाट प्रति सिजन १५/२० हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको छ भने उहाँको टमाटर खेतीका लागि मात्र ६ वटा टनेल छन् ।
१० घर परिवारले व्यवसायिक रुपमा बेमौसमी तरकारी समेत गरेका छन् । अर्का किसान ओमप्रकाश शर्माले टमाटर, लौका, काँक्रा, खुर्सानी लगायतका तरकारी लगाउनुभएको छ ।
२ वटा टनेल बनाएका शर्मा एक सिजनमा ३५ हजार भन्दा बढी आम्दानी हुने गरेको बताउनुहुन्छ ।
गाउँमा ६ समूहमा ६० जना किसानले यस कार्यक्रममार्फत कृषि गरिरहेको कार्यक्रम संयोजक दुर्योधन वलीले बताउनुभयो । ५० बिगाहा जमिनमा व्यवसायिक तरकारी खेतीमा आवद्ध बनाउने र किसानहरुको आयआर्जनमा बृद्धि गर्न यो कार्यक्रम लागू गरिएको उहाँको भनाइ छ ।
कार्यक्रमले तरकारीको बीउ, टनेल लगायतका आवश्यक सामग्रीहरु उपलब्ध गराएको छ ।
त्यसका लागि ५० लाख बजेट आएको थियो, भने किसानहरुले २० प्रतिशत लगानी गरेको कार्यक्रम संयोजक वलीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।