अविरल वर्षाले बस्ती बग्ने त्रास, पक्की पुल समेत जाेखिममा

 साउन १९, २०७५ शनिबार १६:३०:१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – जयपृथ्वी राजमार्गमा अन्र्तगत मोरीबगरको तारुगाडमा रहेको पक्की पुल र मौरीबगर बजार  बाढीको जोखिममा परेको छ ।

तारुगाडले बगाएर ल्याएको ढुङ्गा र माटो पुल बरपर र पुल मुनि थुप्रदै गएपछि बजार र पुल जोखिममा परेको हो । खोलाको माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने माटो र ढुङ्गा पुलको मुनि थुप्रिन थालेपछि तारुगाडमा निर्माण गरिएको पुलका साथै बजारसमेत जोखिममा परेको हो ।

सदरमुकाम चैनपुरदेखि १८ किलोमिटरमा रहेको यो पुल भत्किएमा जयपृथ्वी राजमार्ग नै अवरुद्ध हुने छ । ठूलो बाढी आएका बेला पुलमा थुप्रिएको ढुङ्गा र माटोका कारण खोलाले धार परिर्वतन गर्ने र  आसपासमा रहेको मौरीबगर बजार क्षेत्रको बस्तीमा समेत क्षति पुग्ने डरले स्थानीयहरु त्रसित छन् ।

लगातार वर्ष ठूलो पानी पर्ने वित्तिकै पक्की पुलको माथिल्लो भाग छोएर पानी बग्ने गरेको स्थानीयबासिन्दा तथा व्यापारी दिपक विष्टले बताउनुभयो । कुन समयमा खोला नै थुनिएर बजार पनि बगाउने हो भन्ने डरले राति सुत्न पनि नपाएको विष्टले दुखेसो पोख्नुभयो । 

दश वर्ष पहिला २०६५ सालमा निर्माण भएको यो पुलको पिलरहरु समेत खतरामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया