प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको ज्यान गयो

 साउन ४, २०७७ आइतबार ८:३२:२ | एलबी थापा
unn.prixa.net

प्युठान - प्युठानमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

स्वर्गद्वारी नगरपालिका–२ रुमालेमा गएराति ११ बजेतिर लु २ त ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटना हुदा ट्र्याक्टरमा रहेका ८ जनामध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

उहाँकाअनुसार दुर्घटनामा ज्यान गएका सबै रोल्पाको रुन्टीगढी गाउँपालिकाका हुन् । ज्यान जानेमा चालक कमल कुँवर सहित रुन्टीगढी ५ का सागर बस्नेत, रिमबहादुर बस्नेत, बीरेन्द्र बाठा मगर, थमन बाठा मगर, गोवर्द्धन बुढामगर, कबिराम बस्नेत रहेका छन ।

ट्र्याक्टरमा सवार एक जना भने बाँच्न सफल भएका छन् । ट्र्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया