एनसेलले ल्यायाे ‘नयाँ सजिलो सिम’ याेजना

 साउन ८, २०७७ बिहिबार ६:५२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ याेजना ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । 

यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० रुपैयाँ मुख्य ब्यालेन्स खर्चमा बोनस डेटा पाउने छन् । 

नयाँ ग्राहकले करसहित मात्रै ९९ रुपैयाँमा यो सिम लिन सक्ने छन् । यो योजनाअन्तर्गत ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा पाउने कम्पनीले जनाएकाे छ ।

यो नयाँ सिम लिँदा ग्राहकले २० रुपैयाँ मुख्य ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउने छन् । यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुने एनसेलले जनाएकाे छ ।

यो नयाँ सिमको प्रमुख विशेषता भनेकै सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन् । ‘प्लस’ याेजनाले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने एनसेलकाे दावी छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया