दैलेखकाे ठाँटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी

 साउन ८, २०७७ बिहिबार १७:४:३५ | अमर सुनार
unn.prixa.net

दैलेख – काेराेना सङ्क्रमितकाे सङ्ख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय दैलेखले ठाँटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

साउन ७ गते ठाँँटीकाँधका १६ जना स्थानीयमा सङ्क्रमण देखिएपछि ​बिहीबारदेखि अर्को आदेश नहुञ्जेलसम्म गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो ।  

ठाँटीकाँधमा भारतबाट आएका चार जना काेराेनाका सङ्क्रमित निको भएर समुदायमा पुगिसकेपछि त्यसको चार गुणा बढी समुदायका व्यक्तिमा सङ्क्रमण फेला परेकाे हाे । नयाँ सङ्क्रमित सबैलाई कृष्ण माविकाे क्वरेण्टीनमा राखिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताउनुभयो ।

कोरोना प्रयोगशाला दैलेखले गरेको पछिल्लो परीक्षणमा दैलेखका आठबीस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाका २४ जनामा सङ्क्रमण देखिएकाे हाे । 

स्थानीय प्रशासन र पालिकाकाे लापर्वाहीले समुदायमा कोरोना सङ्क्रमण फैलिएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति खेमराज केसीको टिप्पणी छ ।

गएकाे असार १५ गतेदेखि प्रयोगमा आएको दैलेख प्रयोगशालाले परीक्षण गरेका एक सय एक जना र त्यसअघि कर्णाली प्रदेश प्रयोगशालाले पुष्टि गरेका सात सय ५७ समेत दैलेखमा आठ सय ५८ जनामा कोरोना सङ्क्रमण पहिचान भएकाे स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

नयाँ पहिचान भएका समेत ७३ जना आइसाेलेसनमा बसेका र बाँकी सात सय ८५ जना कोरोना जितेर घर फर्किएकाे स्वास्थ्य सेवा कार्यालयकाे तथ्याङ्क छ । अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ६२ जना महिला र सात सय ९६ जना पुरुष छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया