कोरोनामुक्त घोषणा गरिएको पाँचथरमा नयाँ सङ्क्रमित भेटिए

 साउन १३, २०७७ मंगलबार १६:११:२६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – कोरोना भाइरसको सङ्क्रमणमुक्त घोषणा गरिएको पाँचथरमा फेरि नयाँ सङ्क्रमित भेटिएका छन् ।

पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा एक जना नयाँ सङ्क्रमित भेटिएका हुन् । गएकाे साउन २ गते सबै सङ्क्रमित निको भएको भन्दै जिल्ला प्रशासन कार्यालयले पाँचथरलाई काेराेना सङ्क्रमणमुक्त जिल्ला घोषणा गरेको थियो । 

वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएर फर्किएका याङवरक गाउँपालिका ४ थर्पुका २९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश नम्बर १ काे सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

उनी एक हप्ताअघि साउदीबाट भक्तपुरको होल्डिङ सेन्टर हुँदै पाँचथर आइपुगेका थिए । जिल्ला आएपछि पाँचथर बहुमुखी क्याम्पसको क्वरेण्टीनमा राखिएका उनमा काेराेनाकाे सङ्क्रमण देखिएपछि उपचारकाे लागि मोरङ पठाइएको स्वास्थ कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिनुभयो ।

पाँचथरमा यसअघि चार जनामा सङ्क्रमण देखिएको थियो । उनीहरु सबै उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया