छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – जङ्गली जनावरलाई लक्षित गरी मकै बारीमा थापेको करेन्टको धरापमा परेर दाङमा दुई बालकको ज्यान गएको छ ।
ज्यान जानेमा घोराही उपमहानगरपालिका १ काे हर्नोकका दिलबहादुर रावतका छोराहरु १४ वर्षीय वीरबल र १० वर्षीय तेजबहादुर रहेका छन् ।
बारीमा लगाइएको मकै बाली खाएर हैरान बनाएपछि जङ्गली जनावरलाई लक्षित गरेर थापेको करेन्टमा परेर दुवै बालकको सोमबार बिहान ज्यान गएको हो । दुई बालकका बुवा दिलबहादुर रावत करेन्ट लागेर घाइते हुनु भएको छ ।
जनै पूर्णिमाका दिन मकै चढाउन भनेर बारीमा मकै लिन गएका बेला दुवै बालकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर छोराहरु चिच्याएपछि मकै बारीमा गएका बुवा दिलबहादुरलाई पनि करेन्ट लागेकाे हाे ।
दिलबहादुरको अवस्था गम्भीर रहेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।