एनसेलको वायर फ्री वाईफाई याेजना

 साउन २२, २०७७ बिहिबार ७:३२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  -  एनसेल आजीयाटा लिमिटेडले नेपालमै पहिलो पटक वायर फ्री प्लस वाईफाई सेवा सुरु गरेको छ। 

अब नेपालका उपभोक्ताले गुणस्तरीय वायर फ्री इन्टरनेट र वाईफाई कनेक्टिभिटीको फाइदा लिन सक्ने भएका छन् । 

‘अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलबारदेखि सुरु भएको वायर फ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुवै प्रयोजनका लागि लक्षित वाईफाई सेवा हो ।

यो प्रविधि अन्तर्गत उपभोक्ताले तार बिना नै डेटा सेवा लिन सक्ने एनसेलले जनाएको छ । कम्पनीको योजनाअनुसारको आकर्षक बण्डलिङ सेवा अन्तर्गत ग्राहकले दुई वटा फोरजी सिमकार्ड पाउने छन् ।​

वायर फ्री प्लस वाईफाई सेवाका लागि हप्ताको सातै दिन, २४ सै घण्टा ग्राहक सेवा उपलब्ध हुने बताइएको छ । गएको महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि बुकिङ लिन सुरु गरेको थियो ।

मासिक ६९० रुपैयाँमा कम्पनीको वार्षिक प्लानमा सहभागी हुन सकिने एनसेलले जनाएकाे छ । जसअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसार गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समूहमध्ये कुनै पनि समूह अन्तर्गतको प्लान रोज्न सक्नेछन् ।

गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा करबाहेक मासिक ६९० रुपैयाँमा ६० जीबी वायर फ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र दुई वटा फोरजी सिम कार्डमा मासिक पाँच जीबी डेटा प्राप्त गर्नेछन् । प्लाटिनम समूहअन्तर्गत ग्राहकले करबाहेक मासिक ८६० रुपैयाँमा ८५ जीबी वायर फ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा मासिक १० जीबी डेटा प्राप्त गर्नेछन् ।

डायमण्ड समूहअन्तर्गत ग्राहकले करबाहेक मासिक ९५० रुपैयाँमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटै फोरजी सिम कार्डमा मासिक १० जीबी डेटा प्राप्त गर्नेछन् ।

नयाँ थिम ‘प्लस’ अन्तर्गत नै एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युव प्लस’ अफर, इण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरपल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीको विश्वास छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया