सिन्धुपाल्चोक पहिराे : थप एक जनाको शव भेटियो, २० जनाको अवस्था अझै थाहा हुन सकेन

 साउन ३२, २०७७ आइतबार १२:४७:५८ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – जुगल गाउँपालिकाकाे लिदीमा पहिरोमा पुरिएका थप एक जनाको शव भेटिएको छ । आइतबार बिहानदेखि हराइरहेकाहरुको खोजी गर्ने क्रममा थप एक जनाको शव भेटिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार १४ वर्षका हिन्दोस दोङको शव भेटिएको हो । योसँगै अहिलेसम्म सात बालक, पाँच बालिका, चार महिला र तीन पुरुष गरी १९ जनाको शव भेटिएको छ । अझै पनि २० जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको गाउँपालिकाले जनाएको छ । 

हराइरहेकाहरुको खोजीको लागि एक्स्काभेटर लैजाने तयारी पनि भएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले मिलेर हराइरहेकाहरुको खोजी गरिरहेका छन् । 

पहिरोबाट प्रभावित लिदीका एक सय ७२ घरधुरीमध्ये अति जोखिममा परेकाहरुलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी पनि गरिएको छ । क्षति भएका र जोखिममा रहेका घरको तथ्याङ्क सङ्कलनको काम पनि भइरहेको छ । गाउँपालिकाकाका योजना सल्लाहकार रामबाबु नेपालका अनुसार लिदीको बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएको र दीर्घकालीन रूपमा पालिका, प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सार्ने वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभएको छ । 

गएकाे शुक्रबार बिहान आएको पहिरोले लिदीको ३७ वटा घरमा क्षति पुर्‍याएकाे छ भने १३ वटा घर पूरै भत्किएका छन् । पहिरोमा परेर घाइते भएका पाँच जनाको सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र काठमाण्डौको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।   

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया