लिदी पहिरो अपडेट : पिठयूँमा छोरी बोकेकै अवस्थामा चार महिनाको गर्भवतीको शव फेला

 भदौ ६, २०७७ शनिबार १४:२७:३६ | किरण थापा
unn.prixa.net

फाइल फाेटाे

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल–२ लिदीमा गएकाे पहिरोमा पुरिएकी एक महिलाको शव चार वर्षकी छोरी पिठ्यूँमा बोकिरहेको अवस्थामा भेटिएको छ ।

सानुकान्छी दोङ र चार वर्षकी छोरी करिश्माको शव पहिरो गएको ९ दिनपछि शनिबार भेटिएको हो । उहाँ चार महिनाकी गर्भवती पनि रहेकाे स्थानीयबासीले बताएका छन् । उहाँका श्रीमान् र सासू भने घरबाहिर भएकाले बाँच्न सफल भएका छन् । श्रीमान् च्याङ्वा दोङ च्याउ खोज्न गएको र सासू काममा गएकाले पहिरोबाट बँच्न सफल भएका हुन् ।

प्रहरीका अनुसार उहाँ छोरी बोकेर भाग्दै गर्दा पहिरोले थिचेको हुन सक्ने अनुमान गरिएको छ । पहिरो जानु अघि पहिरोको डरले लिदीका स्थानीयबासी रातको समयमा घर बाहिर बस्ने गरेका थिए ।

गएको साउन ३० गते बिहान गएको पहिरोमा परेर ३९ जना हराएकोमा ३२ जानको शव भेटिएको छ । अझै ७ जना हराइरहेका छन् । पहिरोले १३ घर पूर्ण रुपमा पुरिएका छन् । ३७ घरलाई आंशिक क्षति पुगेको छ ।

हराइरहेकाहरुको खोजी भइरहे पनि पर्याप्त साधन स्रोतको अभावमा खोजी कार्यमा ढिलाइ भएको छ । पर्याप्त स्रोत र साधन नहुँदा बेपत्ताको खोजीमा कठिनाइ भएको शसस्त्र प्रहरी निरीक्षक शितल श्रेष्ठले बताउनुभयो ।

खोजी ढिलाइ हुँदा पहिरोस्थलमा दुर्गन्ध आउन थालेको छ । सुरक्षाकर्मीले दुर्गन्ध फैलन नदिन क्लोरिन छर्केर बेपत्ताको खोजी गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया