नेप्से परिसूचक २१ अङ्कभन्दा धेरैले बढ्यो, दुई अर्बमाथिकाे कारोबार

 भदौ ८, २०७७ सोमबार १६:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेप्से परिसूचक साेमबार २१ अङ्कभन्दा धेरैले बढेको छ । परिसूचक साेमबार २१ दशमलव २६ अङ्कले बढेर १४ सय ३१ दशमलव ६० अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

यस्तै 'क' वर्गका कम्पनीहरुको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि साढे तीन अङ्कले बढेको छ । होटल समूहबाहेक आज सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको १६२ दशमलव ८७ र निर्जीवन बीमा समूहको १२८ दशमलव ६९ अङ्कले सुधार भएको छ ।

साेमबार दिनभर दुई अर्ब १३ करोड रुपैयाँ बराबरका ४९ लाख २४ हजार रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २१ करोड ६० लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

साेमबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले झण्डै सात प्रतिशत कमाएका छन् । च्यांदी हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने दुई दशमलव २५ प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया