पहाडी केही क्षेत्रको मौसम आंशिक बदली : थोरै ठाउँमा हल्का वर्ष...
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – दाङमा उत्पादन भएको मास्क विदेश निर्यात सुरु भएको छ । मास्कको उत्पादन गरेको महिला स्वरोजगार तालिम केन्द्रले अमेरिकामा मास्क पठाउन थालेको हो ।
महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग र लैङ्गिक पुनर्स्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको तीन हजार मास्क अमेरिका पठाइएको छ । पहिलो पटक एक हजार मास्क तथा एक सय स्यानिटरी प्याड पठाइएकाे र अहिले फेरि माग भएअनुसार दुई हजार मास्क पठाइएकाे हाे ।
महिला स्वरोजगार तालिम केन्द्रले अहिलेसम्म ३२ हजार बढी मास्क उत्पादन गरेर दाङसहित छिमेकी जिल्ला र विदेश पठाएको छ ।
कोरोना भाइरसका कारण भएको लकडाउनको समयमा केन्द्रले उत्पादन गरेका मास्क सहयोगस्वरुप विभिन्न पालिकामा पठाइएको थियो । केन्द्रले उत्पादन गरेका मास्क विभिन्न मेडिकल तथा पसलले पनि बिक्रीका लागि लैजाने गरेको छ । केन्द्रले सिलाइ कटाइका लागि तालिम सञ्चालन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।