सिन्धुलीमा प्रधानाध्यापकलाई अपहरण गरेको आरोपमा विप्लव समूहका आठ जना कार्यकर्ता पक्राउ

 भदौ १५, २०७७ सोमबार ११:२२:५८ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - सिन्धुलीमा विद्यालयका शिक्षक अपहरणमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

दुई दिनअघि तीनपाटन गाउँपालिका-८ तिल्पुङ्गडाँडाको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई विद्यालयबाटै अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ परेकामध्ये ७ जना पुरुषलाई फिक्कल गाउँपालिका-१ महादेवडाँडाबाट र एक जना महिलालाई तीनपाटन गाउँपालिका-८ लायोगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

पक्राउ परेका उनीहरुको साथबाट पाँच थान सुतली बम, दुई वटा सकेट बम र आठ थान बम बनाउन प्रयोग गरिने सकेट बरामद गरिएको पनि उहाँले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रधानाध्यापक भण्डारी भने लायोगाउँबाटै अपहरणमुक्त हुन भएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया